७ बैशाख २०८३, सोमबार / 20 April 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पत्रकारले कांग्रेस प्रवक्ता महतलाई सोधे- नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवा किन मौन?

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१ जेठ २०८०

    अग्निपथ मेडिया  

    Ad
    Ad
    Ad

    काठमाडौं ।  अर्थ मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धानलाई सघाइरहेको बताएका छन्।

    Ad
    Ad
    Ad

    मंगलबार बिहान बिजुलीबजारको एक क्याफेमा पत्रकार सम्मेलन गर्दै महतले सभापति शेरबहादुर देउवा पनि यो प्रकरणको निष्पक्ष र स्वतन्त्र अनुसन्धानको पक्षमा रहेको बताए।

    Ad
    Ad
    Ad
    Ad

    नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेसका प्रवक्ताले पहिलो पटक पत्रकार सम्मेलन गरेका हुन्।

    यो विषयमा पार्टीका बैठक र सार्वजनिक रूपमा पनि सभापति शेरबहादुर देउवा किन मौन हुनुहुन्छ? भन्ने प्रश्नमा प्रवक्ता महतले भने- सभापतिको धेरै बोल्ने बानी छैन। उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धानको पक्षमा छौं भन्नुभएको छ। दोषीलाई बचाउनु पर्छ भन्ने हामीले भनेका छैनौं।

    यही प्रकरणमा एक अडिओमाथि प्रहरीले छानबिन गरिरहँदा कांग्रेस सांसद मञ्जु खाणबारे अनेक  चर्चा भइरहेका छन्। उनी अहिले कहाँ छिन भन्ने प्रश्नमा महतले भने- उहाँ पार्टीको केन्द्रीय सदस्य हो। केन्द्रीय सदस्यलाई हामीले फलो गर्दैनौं।

    खाणका श्रीमान बालकृष्ण खाण गत साता पक्राउ परेपछि मञ्जु सार्वजनिक रूपमा देखिएकी छैनन्। उनी संसद बैठकमा पनि अनुपस्थित भएकी छन्।

     

    प्रवक्ता महतले अर्की सांसद आरजु राणा र मञ्जु खाणबारे अहिले मिडिया ट्रायल भइरहेको तर्क गरे।

    ‘आरजुले त्यो अडिओ फेक हो भने साइबर ब्युरोमा उजुरी पनि दिइसक्नुभएको छ। हामीलाई पनि त्यो फेक हो भन्ने लाग्छ,’ महतले भने,‘अहिले उहाँहरूविरूद्ध मिडिया ट्रायल भइरहेको छ।’

    पक्राउ परेका केन्द्रीय सदस्य खाणले आफू यो प्रकरणमा निर्दोष रहेको बताएकाले उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन नगरिकएको महतले बताए।

    ‘टोपबहादुर रायमाझी र बालकृष्ण खाणको मुद्दा एकै किसिमको होइन,’ महतले भने,‘उहाँले म निर्दोष छु प्रमाणित गरेर देखाउँछु भन्नुभएको छ। दोषी प्रमाणित नहुँदै दोषी करार गर्ने कुरा नमिल्ने भएकाले पार्टीले कारबाही गरेको छैन।’

    कांग्रेसका दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले यो विषयमा असन्तुष्टि जनाउनुभएको छ नि भन्ने प्रश्नमा उनले दुई महामन्त्रीले पार्टी पदाधिकारी बैठकमा कुनै असन्तुष्टि व्यक्त नगरेको दाबी गरे।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.