१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने सहमति

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३१ बैशाख २०८०

    अग्निपथ मेडिया  

    Ad
    Ad
    Ad

    काठमाडौं ।   नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताबीच संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने कुरामा सहमति भएको जानकारी दिनुभएको छ। बालुवाटारमा आइतबार बसेको शीर्ष दलका नेताको बैठकमा संसदीय गतिविधि र विधेयकलाई अघि बढाउन समझदारी बनेको उपनेता नेम्वाङले जानकारी दिनुभएको हो । 

    Ad
    Ad
    Ad

    एमाले उपाध्यक्षसमेत रहनुभएका नेम्वाङले शीर्ष नेताबीचको छलफल सकारात्मक भएको र सोमबारदेखि विषयगत समितिको बैठक र संघीय संसदको संयुक्त समिति र नियमावली बनाउने बारेमा पनि सहमति जुटेको बताउनुभयो। उहाँले सोमबारबाट संसदीय समिति चलायमान बनाउने र संसद्‍बाट समितिमा गएका विधेयक अघि बढाउने कुरामा सहमति भएको जानकारी दिनुभएको हो। 

    Ad
    Ad
    Ad
    Ad

    उहाँले भन्नुभयो, ‘‘केही दिनपछि सत्तापक्ष र प्रतिपक्षका नेताको बीचमा प्रधानमन्त्री, प्रतिपक्षका नेता केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा छलफल भइरहेको थियो, त्यो राम्रो हो।

    आजको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ। शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनेलगायत संविधान निर्माणको प्रक्रिया त्यसलाई हामी सबै मिलेर एउटा निष्कर्षमा पुर्‍यायौँ, त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दल आधारभूत रुपमा एक ठाउँमा उभिएर अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा नेताहरु पुग्नुभएको छ।

    त्यही आधारमा भोलिदेखि संसद सुचारु गर्ने, संसदीय समिति चलायमान बनाउने त्यहाँ रहेका विधेयकलाई एउटा निष्कर्षमा पुर्‍याउनेलगायतका सहमति भएका छन्। अब सबै समितिहरु क्रियाशील हुन्छन्। समितिले नेतृत्व प्राप्त गर्छ। संयुक्त समिति, हाम्रा विषयगत समिति यसले नेतृत्व पाउँछ। संसदबाट यी समितिमा विधेयक पुगेका छन्।

    अब समितिमा छलफल सुरु हुन्छ। शान्ति प्रक्रियासम्बन्धी विधेयकको हकमा कानुन समितिमा पठाइएको छ, अब उपसमिति बनाएर टुंगोमा पुग्नेछ। यी सबै विषयमा दलको बीचमा समझदारी कायम भएको छ। संवैधानिक परिषद्लाई टुङ्गोमा पुर्‍याउने, सुनुवाइ समिति गठन गर्ने, जुन संयुक्त समिति छ, त्यसमा नियमावली आवश्यक परिमार्जन गरी सबै काम अघि बढाउने, समितिको नेतृत्व चयन गरेर अघि बढ्ने निर्णय गरेका छौँ।’’

    यसैगरी, शीर्ष नेताको बैठकले प्रतिनिधि सभाका विषयगत समितिमा संघीय संसदमा कायम रहेको सदस्य संख्याका आधारमा नेतृत्व दिने सहमति जुटेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समितिसहित एक संयुक्त समिति र अर्को विषयगत समितिको नेतृत्व गर्ने सहमति भएको बताउनुभयो। 

    उहाँले भन्नुभयो, ‘‘जनताले दिएको जनादेशअनुसार हामी अघि बढाउने कुरामा सहमति भएको छ। सार्वजनिक लेखा र संयुक्त तथा अर्को एउटा समितिसमेत प्रमुख प्रतिपक्षलाई तीनवटा समितिको नेतृत्व गर्न दिने अरु दलको बीचमा सहमतिअनुसार निर्णय गर्ने कुरामा सहमति छ।’’

    बैठकमा भुटानी शरणार्थीको विषयसमेत बैठकमा उठेको उहाँको भनाइ छ। उहाँले शीर्ष तीन दलका नेताबीचको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको जानकारी दिनुभयो।  उपनेता नेम्वाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताबीचमा छलफल भएको बताउनुभयो। शीर्ष नेताले संविधान र कानुनअनुसार काम कारबाही अघि बढाउन कुनै हस्तक्षेप नहुने बताएको जानकारी दिनुभयो। 

    उहाँले भन्नुभयो, ‘‘प्रसंगवश यो विषय उठेको थियो, वर्तमान अवस्था, तपाईंहरु तीन नेता त बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हुँ।  तपाईहरु तीन जना नेता त जुनसुकै बेला बसिरहनुपर्छ, एक ठाउँमा बस्नु अचम्मको कुरा होइन, तर यो विषयलाई लिएर एउटा चासो छ, कथं कदाचित सोधिहाले भने हामी तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निष्कर्षमा छौँ, त्यो संविधान कानुन बमोजिम निष्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ।’’

    उपनेता नेम्वाङले शीर्ष नेताहरुबीच आज शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनेलगायतका विषयमा चाँडै सहमति जुटाउने निर्णय भएकोसमेत जानकारी दिनुभयो। 

     

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.