२४ भदौ २०८२, मंगलबार / 09 September 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायकको देश बनाउँछु: प्रधानमन्त्री

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१४ फाल्गुन २०७९

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउने बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६औँ दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले विकास निर्माणका ठूला परियोजना र सुशासनमार्फत तेस्रो कार्यकाल आगामी पुस्ताले सम्झन लायक बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘नेपालको अहिलेको अर्थतन्त्रलाई अझ बढी संकटतर्फ जान नदिने र सुधारतर्फ लैजाने साह्रै ठूलो दायित्व वर्तमान सरकारको काँधमा छ,’ उनलेभ ने, ‘सुशासन स्थापना गर्ने चुनौती पनि हाम्रो अगाडि छ, मैले त्यसको थालनी गरिसकेको छु ।’ प्रधानमन्त्री दाहालले सुशासन र समृद्धिका लागि प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद्मा आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई महिना नबित्दै अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखापर्नु नेपाल र नेपालीका लागि खुसीको कुरा भएको बताए । देशमा सुशासन स्थापना गर्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग गठन गर्ने र अनावश्यक संरचना, जनशक्तिलाई हटाएर मितव्ययी बनाउने जस्ता गुणात्मक सुधारको थालनी सरकारले गरिसकेको प्रधानमन्त्री दाहालको भनाइ छ । प्रधानमन्त्री दाहालले अबको बाँकी जीवन सुशासन तथा समृद्धिका निम्ति र देशको विकासका निम्ति खर्च गर्ने प्रतिबद्धता जनाए । फरक प्रसंगमा उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको वातावरण कायम गर्न आफू लागि परेको बताए । ‘अहिले पनि नेकपा एमालेसँग लगातार कुरा भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘२५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मत भयो भने धेरै राम्रो हुन्छ, त्यो कोसिस पनि हामी गरिरहेका छौँ ।’ त्यसो हुन नसके पनि नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका निम्ति अझ सहयोगी हुने विश्वास उनले व्यक्त गरे । प्रधानमन्त्री दाहालले निर्वाचनमा मत माग्ने क्रममा गोरखाका कच्ची सडकलाई स्तरोन्नति गर्ने र कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार त्यसलाई कार्यान्वयन प्रक्रियामा लैजाने बताए । कार्यक्रममा उनले ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलकी आमा चरिमाया रम्तेल र बुबा सेते रम्तेलगायतका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । २०५२ फागुन १४ गतेका दिन सूर्यज्योति माविका शिक्षक वीरबहादुर गुरुङलाई तत्कालीन प्रहरीले गिरफ्तार गरेपछि शिक्षकलाई छुटाउन भन्दै विरोध प्रदर्शनमा उत्रिएका बेला प्रहरीले चलाएको गोली लागेर १० वर्षीय रम्तेलको मृत्यु भएको थियो ।

    ताजा सूचना

    • जेनजीको घोषणा - आन्दोलनका नाममा हुने लुटपाट अस्वीकार्य, भोलि वार्तामा बस्ने
    • रवि लामिछानेको दाबी - गृहसचिवस्तरीय निर्णयले म बाहिरिएको हुँ
    • कानुनी शासन स्थापित गर्न सहयोगका लागि प्रहरीको अपिल
    • यसरी जलिरहेको छ राष्ट्रपति भवन
    • जलेश्वर कारागारबाट ५७२ जना कैदी भागे
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.