३ पुष २०८२, बिहिबार / 18 December 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सत्ता गठबन्धनको संयन्त्र बैठक बालुवाटारमा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२६ माघ २०७९

    २७ माघ, काठमाडौं // Agnipath Media 

    Ad
    Ad
    Ad

    सत्ता गठबन्धन दलहरुको राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको हो । 

    Ad
    Ad
    Ad

    बुधबार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तापछि पटकपटक स्थगित भएको संयन्त्रको बैठक अहिले बसिरहेको हो ।

    Ad
    Ad
    Ad
    Ad

     

    हिजो बस्ने भनिएको बैठक तालमेल अभावका कारण बस्न सकेको थिएन । सुदूरपश्चिममा एमालेको सरकार बचाउन ओलीले प्रयास गर्दागर्दैै असफल भएपछि संयन्त्रको बैठक बस्न सकेको थिएन । 

    आजको बैठकमा डेढ महिनामै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारुढ दलमा देखिएको खटपट निराकरण हुने विश्वास लिइएको छ । 

     

    सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिँदा गठबन्धन सरकार ढलेपछि त्यसको विषयमासमेत छलफल हुनेछ । 

     

    विशेषगरी अड्किएको प्रचण्ड सरकारको पूर्णता र आसन्न राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल हुने बताइएको छ । बैठकमा प्रचण्ड, ओली, लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन् । 

     

    जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी संयन्त्रको बैठकमा सहभागी छैनन् ।

     

    बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ ।

    ताजा सूचना

    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.