३ पुष २०८२, बिहिबार / 18 December 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपालाई गगनको प्रश्न : सरकार छाड्दै गर्दा समर्थन फिर्ता लिनुपर्दैन ?

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२५ माघ २०७९

    २५ माघ, काठमाडौँ // Agnipath Media

    Ad
    Ad
    Ad

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई विश्वासको मत किन दिएको भनेर आफूहरुलाई प्रश्न गर्न मिल्ने बताएका छन् ।

    Ad
    Ad
    Ad

    तर एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि यस्तै प्रश्न उठ्ने उनले बताए । बुधबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भने, ‘हम करेतो रासलिला, तुम करे तो क्यारेक्टर ढिला !’

    Ad
    Ad
    Ad
    Ad

    पछिल्लो समय यस्तो प्रश्न गर्दा पन्छाउने वा व्यक्तिगत रुपमा लिन थालिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

    अदालतको निन्दा किन ?

    कांग्रेस महामन्त्री थापाले एमाले नेतृत्वमाथि अदालतको निन्दा किन भनेर प्रश्न गरेका छन् । अदालतको फैसला चित्त नबुझ्न सक्ने र त्यो निर्णयको पक्ष र विपक्षमा बहस छलफल हुनसक्ने बताए । तर एमाले नेतृत्वले पछिल्लो समय संसद र सार्वजनिक मञ्चहरुबाट अदालतको निन्दा गर्न थालेको भन्दै उनले भने, ‘स्वतन्त्र न्यायपालिकाबारे एमाले नेतृत्वको मत के हो ? के अदालतले कार्यकारी वा राजनीतिक नेतृत्वको मनसाय बुझेर निर्णय गर्नुपर्ने हो ?’

    सरकारमा किन गएको ? किन छाडेको ?

    महामन्त्री थापाले अरु भन्दा भिन्न छौं भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाव दिएको बताए ।

    त शीर्ष नेताहरुविरुद्ध नो नट अगेन भनेर मत मागेको भन्दै यो दल किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरे । उनले सोधेका छन्, ‘सरकारमा किन गएको पनि बताउनु नपर्ने ? सरकारबाट किन बाहिरिएको पनि बनाउनु नपर्ने ?’

    सरकार छाड्दै गर्दा आफूहरुसँग भएको सहमति पालाना नभएको भनेको भन्दै उनले भने, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन ? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि सरकार छाड्दै गर्दा समर्थन लिनुपर्ने होइन ?’

    ‘हामीलाई किन समर्थन गरेको भने जस्तै समर्थन किन फिर्ता नलिएको भन्ने प्रश्न उठ्दैन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्न नमिल्ने हो ?’

    सञ्चार माध्यमहरुलाई लान्छित गर्ने रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले यसबारे धेरै प्रतिक्रिया दिन आवश्यक नभएको बताए । ‘हामी के ठान्छौं भने प्रेस सिस्टमको अभिन्न अंग हो, त्यहाँ समस्या पनि छ,’ महामन्त्री थापाले भने, ‘नेपालको प्रेसले पनि आफ्नो बारेमा प्रश्न गरोस् । तर प्रेसलाई ‘ब्ल्यांकेट डिस-क्रेडिट’ गर्यो भने लोकतन्त्रमै समस्या आउँछ ।’

    उनले अघि भने, ‘प्रेसलाई पनि डर हुनुहुन्न, हामीलाई पनि प्रेसको पनि डर हुनुहुन्न ।’

    राप्रपालाई पनि प्रश्न

    महामन्त्री थापाले प्रदेश सरकारमा गएको विषयलाई लिएर राप्रपालाई पनि प्रश्न गरेका छन् । राजसंस्था फर्काउँछु भनेर जनतामा भोट मागेर आएको दलका सांसदहरुले यसबारे बोल्न नपाउने भन्ने आफूलाई नलागेको उनले बताए ।

    तर प्रदेश खारेज गर्नुपर्छ राप्रपाका नेताहरु सभामुख र प्रदेश सरकारमा मन्त्री भएको भन्दै उनले भने, ‘प्रदेशमा ल्याएको कानुन पास गरौं प्रदेश बलियो हुन्छ । सभामुख भएर यो प्रदेशको संसद कसरी कमजोर बनाउने भनेर दिनरात सोच्नुपर्‍यो ।’

    उनले अघि भने, ‘मन्त्रीहरुले प्रदेश सरकारलाई कसरी असफल बनाउने भनेर सोच्नुपर्‍यो । प्रदेश सरकार सफल भयो भने त प्रदेश चाहिन्छ भन्ने हुन्छ ।’

    ताजा सूचना

    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.