२८ असार २०८२, शनिबार / 12 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • यस्तो छः राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१६ माघ २०७९

    १६ माघ, काठमाडौं  //  Agnipath media - अग्निपथ मिडिया  

    Ad
    Ad

    निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी ओयोगले सो जानकारी गराएको हो।त्यस्तै आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ।

    Ad
    Ad

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीवार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया शुरु हुने बताए। उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताए।

    Ad


    उनले राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन १० गते, दाबी, बिरोध, उजुरी लगायतका कामहरु १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका बनाएको बताउनु भयो। त्यस्तै आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने १३ गते रहेको बताएको छ।


    त्यस्तै मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको बिरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ।


    उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्ने १० गते, दाबी, बिरोध, उजुरी लगायतका कामहरु १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते, अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते, उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने १३ गते रहेको छ। मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको बिरुद्धमा उजुरी दिने १४ गते,मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते।’


    त्यस्तै उपराष्ट्रपतिको निर्वाचन फागुन ३ गते हुने भएको छ। प्रवक्ता पौडेलले मतदाता नामावली प्रकाशित गर्ने काम लगायतका कामलाई राष्ट्रपतिकै कामलाइ गरेकोबाट निरन्तरता दिने बताए। उनका अनुसार उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशित गर्ने सोही दिन २७ गते नै रहेको छ। त्यस्तै उम्मेदवारको बिरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते रहेको छ।


    उनले भने, ‘त्यस्तै उपराष्ट्रपतिको हकमा मतदाता नामावली प्रकाशित गर्ने कामलगायतका कामलाई राष्ट्रपतिकै कामलाइ गरेकोबाट निरन्तरता दिइन्छ। मनोनयन पत्र दर्ता गर्न, फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशित गर्ने सोही दिन २७ गते नै, उम्मेदवारको बिरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ मै, उम्मेदवारको नाम फिर्ता लिने पनि २८ मै, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने २८ गते नै, मतदान गर्ने चैत्र ३ गते। मतदान केन्द्र सात प्रदेशमा लैजान खोजेको थियो तर ऐनमा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रणमा रहेर निर्वाचन गराउनुपर्ने गणना गर्नुपर्ने भएकाले केन्द्रमा नै मतदान केन्द्र रहन्छ।

    २८ गतेसम्म राष्ट्रपतिको टुंगो लगाउने गरी आयागले चाँजोपाँजो मिलाएको छ।’


    उनले आयोगले संविधानको स्पिरिटलाई समातेर ५ वर्षको अवधि नघट्ने गरी तादम्यता मिलाउनका लागि आयोग लागेको बताए। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदैछ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिका समेत सार्वजनिक गरिएको छ।

    ताजा सूचना

    • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र
    • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
    • 🔒 सरकारको खाता आज रातिदेखि एक साताका लागि बन्द, सबै खर्चमा रोक
    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.