२८ असार २०८२, शनिबार / 12 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्रिपरिषद् विस्तारसँगै सिंहदरबारमा चहलपहल, बधाई र शुभकामना दिनेहरुको भिड

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today४ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया 

    वीरगञ्ज,५ माघ ।  देशको सङ्घीय राजधानी काठमाण्डौको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार त्यसै पनि चहलपहल भैरहने ठाउँ हो । स्वास्थ्य तथा जनसंख्या बाहेकका अरु सबै मन्त्रालय सिंहदरबार भित्रै छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, संघीय संसदको सचिवालयलगायत अरु कार्यालयहरु पनि रहेकाले कर्मचारी र सेवाग्राहीको दिनहुँजसो भिड हुन्छ । तर, यही सिंहदरबार केही दिनअघि सुनसान जस्तै थियो । सुनसान यस अर्थमा कि त्यहाँ मन्त्रालयहरुमा दैनिक कार्यसम्पादन त हुन्थे तर, मन्त्रिपरिषद् विस्तार र भएका मन्त्रीहरुको पनि कार्यभार नतोकिँदा त्यहाँ नागरिकहरुसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयसँग सम्बन्धित काम तथा मन्त्रीहरुलाई भेट्न आउनेहरुको चहलपहल थिएन ।

    Ad
    Ad

    गएको पुस १० गते नयाँ सरकार गठन भयो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्रीसँगै अन्य सात जना मन्त्री पनि नियुक्त भए । गृह, अर्थ र भौतिक पूर्वाधार मन्त्रालयमा नयाँ मन्त्रीले काम थाले । बाँकी चार जना मन्त्रीले मन्त्रालयले पाएनन् अर्थात विना विभागीयको रुपमा बस्नुपर्यो । प्रधानमन्त्री दाहाल, गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेल मन्त्रालयको कामको सिलसिलामा सिंहदरबारमा रहनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कहिलेकाहीँ मात्रै मन्त्रालय पुग्नुभयो । धेरै मन्त्रालयमा मन्त्री नभएका र भएका मन्त्रालयमा पनि कम समय मात्रै मन्त्री जाने भएकाले सिंहदरबारमा जुन चहलपहल हुनुपर्ने हो त्यो भएन ।

    Ad
    Ad

    तर, मङ्गलवार मन्त्रिपरिषदको विस्तारसँगै सिंहदरबारमा चहलपहल बढेको छ । अघिल्लो दिनसम्म सिंहदरबार छिर्नका लागि खासै भिड नदेखिने दक्षिण गेटसँगै रहेको चिट काट्ने ठाउँमा बुधबार एक्कासी भिड बढ्यो ।

    Ad

    सिंहदरबारको दक्षिण गेटबाट भित्र छिर्ने बित्तिकै पहिलो लहरमा छ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय । मन्त्रालयमा गाडीको चहलपहल छ । तर, मानिसको खासै चहलपहल देखिँदैन कारण मन्त्रालयमा मन्त्रीको उपस्थिति छैन ।

    तर, सँगै रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने गाडीको चहलपहल पनि उत्तिकै छ । मन्त्रालय अगाडिको ढोकैमा मन्त्रीको गाडी पार्किङमा छ । साथै सचिव तथा प्रदेशका मन्त्री तथा अन्य सरकारी गाडीहरुले पार्किङ स्थल भरिभराउ छ । मानिसको चहलपहल पनि छ । मन्त्रीको कार्यकक्ष जाने बाटोमा रहेको नेमप्लेटमा मन्त्री भित्र भन्ने लेखिएको छ । मन्त्रीको कार्यकक्ष बाहिर बधाई तथा शुभकामना दिनेहरु छन्, केहीले माला तथा खादा रहेको झोला बोकेका छन् । तर, मन्त्रीलाई सचिवले ब्रिफिङ गरिरहेकाले उनीहरुले शुभकामना र बधाई दिन पाएका छैनन् ।

    केहीबेरपछि मन्त्रिपरिषदको बैठक भएको भन्ने सूचना आएपछि बधाई दिन नपाइने हो कि भन्ने चिन्तामा हुनुहुन्छ सुनसरीका केशव भट्टराई । खासै कुनै व्यक्तिगत काम नभए पनि काठमाण्डौमा नै भएका कारण अहिले बधाई मात्र दिन आएको बताउनुहुन्छ भट्टराई । उहाँ भन्नुहुन्छ, ‘काम त केही होइन, छैन । यतै काठमाण्डौमै भएका कारण मौकाले जुरेको हुनाले यसो भेटेर बधाई दिन मात्र खोजेको हो, खोइ भेट भएन ।’

    थोरै समय कुर्ने र त्यसपछि पनि भेट नभए जाने विचार छ उहाँको । उहाँ भन्नुहुन्छ, ‘हामीले धेरै डिस्टर्ब पनि गर्नुहुन्न उहाँलाई । काम गर्न दिनुपर्छ ।’

    मन्त्रालयमा कार्यरत चालक कृष्ण देसार पनि नयाँ मन्त्री आएपछि चहलपहल बढेको बताउनुहुन्छ । मन्त्री नहुँदा खासै मान्छेहरु पनि नआउने तथा गाडीहरु पनि नहुने उहाँको अनुभव छ । देसार भन्नुहुन्छ, ‘अस्तिसम्म यहाँ खासै मान्छे पनि हुँदैन थिए । गाडी पनि थिएन । अहिले नयाँ मन्त्री आएसँगै मान्छेको भिड पनि बढेको छ । गाडी पनि पार्किङ गर्ने ठाउँ छैन ।’

    तर मन्त्रिपरिषद विस्तारपछि पनि मन्त्री नियुक्त नभएका युवा तथा खेलकुद र वन मन्त्रालयमा भने अरु मन्त्रालयमा देखिएको जस्तो चहलपहल छैन । यहाँ मानिसको आउजाउ अनि भिडभाड छैन । पार्किङ पनि भरिभराउ छैन । प्रधानमन्त्री आफैँले राखे पनि उहाँ मन्त्रीकोरुपमा मन्त्रालयमा नआउने हुँदा पनि आम मानिसको चासो यी मन्त्रालयहरुमा देखिँदैन ।

    यी दुई मन्त्रालय बाहेक सिंहदरबार भित्रका अरु सबै मन्त्रालयमा चहलपहल बढेको छ । धेरैजना मन्त्रीलाई बधाई र शुभकामना दिन पुगेका छन् ।

    ताजा सूचना

    • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र
    • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
    • 🔒 सरकारको खाता आज रातिदेखि एक साताका लागि बन्द, सबै खर्चमा रोक
    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.