२८ असार २०८२, शनिबार / 12 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मुख्यमन्त्री यादवले विश्वासको मत लिदै, सभामुख आजै चयन हुने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया 

    वीरगञ्ज, ३ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन् । सोमबार नै प्रदेश सभामुखको निर्वाचन पश्चात मुख्यमन्त्री यादवले विश्वासको मत लिने भनिए पनि आइतबार पोखरामा भएको विमान दुर्घटनापछि नेपाल सरकारले राष्ट्रिय शोकको सार्वजनिक विदा दिएका कारण उक्त कार्यक्रम स्थगित गरिएको थियो ।

    Ad
    Ad

    सोमबार दिउँसो १ बजे नै प्रदेश सभामुखको निर्वाचन र त्यसपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची रहेको थियो तर राष्ट्रिय शोकको विदा भएकोले मुख्यमन्त्री यादव र प्रदेशसभा अध्यक्ष गोविन्द न्यौपानेको समन्वयमा मंगलबार दिउँसो १ बजेको लागि कार्यक्रम निर्धारण गरिएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए । यसैबीच, मधेश प्रदेश सभामुखको लागि दुई जना बीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गबठन्धन दल नेकपा एमालेबाट सांसद रामचन्द्र मण्डल र विपक्षी दल नेपाली कांग्रेसबाट जंगिलाल राय यादवले उम्मेदवारी दर्ता गराएका छन् । लोसपासहित मुख्यमन्त्री यादवलाई ७२ जना सांसदको समर्थन रहेको छ । ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएका थिए । १०७ प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा सरकारलाई अहिले सम्म लोसपा सहित ७२ जना सांसदको समर्थन रहेको छ । प्रदेश सभामा कांग्रेसको २२ र नेकपा एसको ७ सांसद रहेका छन् । केन्द्र जस्तै प्रदेशमा पनि जसपा आफ्नो नेतृत्वको सरकारलाई कांग्रेसले सर्मथन गर्ने मुख्यमन्त्री यादवले अपेक्षा गरेका छन् । तर कांग्रेसका मधेश संसदीय दल समितिले यस विषयमा निर्णय गर्न सकेको छैन । कांग्रेसका एक सांसदले सत्ता गठबन्धन दलले प्रदेश सभामुखमा आफ्ना उम्मेदवारलाई सहयोग गरेको खण्डमा मात्रै सरकारलाई समर्थन गर्ने बताए ।

    Ad
    Ad

    सरकारकै समर्थन गर्ने विषयमा जसपा र कांग्रेसबीच सोमवार विहान नै बैठक बस्ने तय भएको थियो । तर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादव जनकपुरधामबाट वाहिर रहेकोले सोमबार दिउँसो बस्न सकेनन् । कांग्रेसका एक नेताका अनुसार मंगलबार विहान जसपा र कांग्रेसका सांसदबीच समर्थनको विषयमा छलफल हुनेछ । यता, मुख्यमन्त्री यादवले पुस २९ मा नै पदभार ग्रहण गरे पनि अझै सत्ता गठबन्धन दलबीच मन्त्रालयको बाँडफाँट हुन सकेको छैन् । सत्ता गठबन्धन दलहरु आफ्नै अडानमा रहेकोले अझै मन्त्रालय बाँडफाँटमा सहमति हुन सकेको छैन । सत्ता गठबन्धन दल नेकपा एमाले र जनमतबाट एक/एक विना विभागीय मन्त्रीको रुपमा शपथ लिए पनि सत्ता गठबन्धन दल माओवादी केन्द्र, लोसपाबाट अझै एक जना पनि सरकारमा सहभागी हुन सकेको छैन् । जसपाले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय, माओवादीले दुई मन्त्रालय, एमालेले सभामुख सहित ३ मन्त्रालय, जनमतले उप सभामुख सहित २ मन्त्रालय र लोसपाले दुई मन्त्रालयको दाबी गर्दै आएको छ । प्रदेशमा मुख्यमन्त्रीसहित १० वटा मन्त्रालय मात्रै रहेको छ । यसरी सत्ता गबठन्धन दलबीच मन्त्रालय बाँडफाँटमा सहमति नभएपछि दलहरुले मन्त्रीहरुको नाम पनि अहिले सम्म चयन गर्न सकेको छैन ।

    ताजा सूचना

    • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र
    • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
    • 🔒 सरकारको खाता आज रातिदेखि एक साताका लागि बन्द, सबै खर्चमा रोक
    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.