१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्रीकाे अन्तिम तयारी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२८ पुष २०७९

    अग्निपथ मिडिया - Agnipath media 

    Ad
    Ad
    Ad

    काठमाडौं , २९ पुष  l  प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा पुग्नुभएकाे छ। पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी तीव्र पार्नुभएकाे छ ।

    Ad
    Ad
    Ad

    मन्त्रिपरिषद् विस्तारको तयारी शुरू भएसँगै एमाले र माओवादी नेताहरू मन्त्रीका लागि लबिइङमा जुटेका छन्। नेताहरूका अनुसार एमालेले नाै र माओवादीले ६ मन्त्रालय पाउने मोटामोटी सहमति बनेको छ । माओवादीबाट प्रधानमन्त्री दाहालसँगै नारायणकाजी श्रेष्ठले उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय पाइसक्नुभएकाे छ।

    Ad
    Ad
    Ad
    Ad

    यस्तै, एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसहित तीन मन्त्री नियुक्त भइसक्नुभएकाे छ। अब एमालेले पाँच मन्त्रालय पाउनेछ।

    चार मन्त्रीका लागि एमाले नेताहरू गोकर्ण विष्ट, योगेश भट्टराई, ठाकुर गैरे, पदम गिरी, सूर्य थापा, जुली महतो, महेश बर्तौला, विद्या भट्टराई र प्रेमलाल महर्जन दाबेदार देखिएका छन्।

    यसैगरी, माओवादीले पाउने पाँच मन्त्रालयका लागि पनि केही सांसद लबिइङमा लागेका छन्। यसअघि माओवादीका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीमा दाबी गरेका थिए। तर, गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री मागेपछि उनी ‘ब्याक’ भएकाे समाचार स्राेतकाे दाबी छ ।

    त्यस्तै, माओवादीका यसअघि मन्त्री भइसकेका वरिष्ठ नेताहरू पनि मर्यादाक्रमले गर्दा दाबेदार देखिएका छन्। जसले गर्दा नयाँ पुस्तासँगै केही पूर्वमन्त्रीले पनि रुची देखाएका छन्। जसमा सुदन किराँती, रेखा शर्मा, शक्ति बस्नेत, पूर्ण घर्ती मगर, अमनलाल मोदी, हितबहादुर तामाङ, सूर्यमान दोङ, छिरिङ लामा (कार्चेन), महेन्द्रबहादुर शाही, राजन दाहाल र माधव सापकोटा छन्।

     

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.