अग्निपथ मिडिया - Agnipath media
काठमाडौं ,२८ पुष l निर्मला पन्तको हत्यारा नजिकै पुग्दै अनुसन्धान टोली।
निर्मला पन्तको अनुसन्धान तथा कारवाही प्रकृया कसरी अगाडि बढाउने ?
एक अनुसन्धानात्मक खोजमुलक रिपोर्ट !!
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई सुझाव ?
देशकै बहुचर्चितघटना निर्मला पन्तको बलात्कारपछिको निर्मम र चरम जघन्य अपराधको घटनाकम संदर्भमा विगतमा सरकारले कयौ अनुसन्धान टोली निर्माण गरेर अनुसन्धानमा संलग्न गरायो तरपनि अपराधकर्मीको पहिचान हुन सकेन।
तत्कालीन सायमा घटनास्थल प्रकृति ,लास जाँच प्रकृति , मेडिकल रिपोर्ट , सम्पर्क स्थान घटनापुर्व निर्मलाको सम्पर्क भएका व्यक्ति साथी संगती समेतका विषय र घर परिवार समेतबाट लिनु पर्ने सुचना समेतका विषयसारलाई प्रारम्भिक अनुसन्धानको दायरामा ल्याउनु पर्ने हुन्छ। यी पाटनमा प्रहरी अनुसन्धान कहाँ सम्म केन्द्रित। रह्यो यश वारेमा सुछ्म रूपमा अनुसन्धान हुन जरुरी छ।
यश घटनालाई मोडन मानषिक असन्तुलन भएका मानिस समेत देखि दर्जनौं व्यक्तिलाई विगतमा अनुसन्धानको दायरामा ल्याईयो तर परिणाम शून्य रहेको थियोे। जब निर्मला पन्तको शव ऊखु वारीमा भेटियो निजफे चढने साईकल लडेको पनि देखियो ऊदु वारीमा बीभत्स अवश्थामा रहेको पाईयो सो घटनाको जब तात्कालिक सुरक्षा प्रमुख दिल्ली राज बिष्टलाई सुचना हुदा उनी घटना स्थलमा गएनन र क्वाटरमा हुस्कीको तालमा रहेको र उनी घटनास्थलमा नगएको प्रहरी बताउछन।
यो संवेदनशील घटनामा एउटामात्र महत्त्वपूर्ण पक्ष हो। दिलिप सिंह बिष्टको गिरफ्तारी उनलाई हत्यमा संलग्नता भएको अभियोगमा कारवाही गरिएको थियो । यसका काठमाडौबाट खटिएको प्रहरी अनुसन्धान टोली CIB बाट खटिएको थियो यश घटनालाई अन्तिम रूप तत्कालीन अनुसन्धानमन संलग्न डिएसपी अंगुर जिसी निचोडमा पुगेको अवश्था थियोे।
पछि विभिन्न वहाना र प्रपञ्चमा दिलिप सिंह बिष्टको डिए. एन . ए.परीक्षणकालागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइयो तर बिधिविज्ञान प्रयोग शालामा कार्यरत एस.एस.पी. सिंहले खासै चासो नदिएका र यो लिफ्टिङ्ग र संकलन मिलेन भनेर चासो दिएनन जे जस्तो भएको भएतापनि टेष्ट भयो परिणाम अभियुक्त मानिएका व्यक्तिले उन्मुक्ति पाए। जसका कारणले डि .एन. ए. परीक्षण नेगेटिभ भेजिनल स्वाएभ समेतको मेल नखाएको भनेर अदालतले दिलिप सिंह बिष्टलाई १ बर्षपछि साधारण तारेका छाडेको थियोे । प्राप्त अनुसन्धान प्रमाण फितलो भएका कारणबाट दिलिप सिंह बिष्टलाई कारागार मुक्त गरिएको विगतको अनुसन्धानले देखाउछ।
घटनामा संलग्न मानिस स्थानीय हुन वा बाहिरबाट आएका हुन सो समयमा स्थानीय तहमा रहेका होटल समेतको ईन्ट्री रजिस्टर र होटल बुक गर्ने र बस्ने मानिसको परिचयपत्र वा कुनै आइडेन्टी कार्डबारे अनुसन्धान भयो वा भएन यसतर्फ समेत अनुसन्धान केन्द्रित हुन जरुरी छ।
वास्तविकता तर्फ अनुसन्धान लक्षित हुँदा घटनाको क्रममा मानिसलाई बुझन सोधपुछ गर्ने तारेखमा राख्ने, हाजिरी जमानीमा छाडने अनुसन्धानमा रहेका मानिसलाई निग्रानी राख्ने कामपनि अनुसन्धान कै दायरामा पर्दछन। सम्पुर्ण जघन्य अपराधमा डिएनए परीक्षण गरिदैन तर अति विवादास्पद घटनामा प्रमाणको रूपमा लिइने चलन छ। मेडिकल चेकजाँचकबध कर्ममा घटनास्थल एउटामात्र यस्तो सवुत हो जसले अपराधीसंग पुग्न मद्दत गर्छ।
यस्ता जघन्य अपराधको अनुसन्धानमा छवटा बिषयले अनुसन्धानमा महत्त्वपूर्ण भमिका खेल्छ।
१- घटनास्थल ।
२- लासजाँच प्रकृति मुचुल्का ।
३- पोष्टमार्टन रिपोर्ट ।
४- जाहेरी दरखास्त अर्थात- First information report .
५- मेडिकल रिपोर्ट।
६- D.N.A.report .
घटनास्थलमा घटनास्थल प्रकृति र लाँसजाँच प्रकृतिको सम्बन्धमा लासको कुन कुन अंगमा के कस्ता चोट पटक, चिथोरिएका दाग, नाङ्गमा मासु, कपालको रौ, दाँतका दाग समेतका खत चोट वारे समेत टिपोट लिईन्छ र शरीरको सर्वाङ्ग समेतको टिपोट हुन्छ। गुप्ताङ्गमा चोट र समेतका अन्य प्रमाण संकलन गरिन्छ। तत्कालै समयमा निर्मला पन्तको संवेदनशील अंग समेतमा पानीले पखालिएको थियोे भन्ने बिषय सार्वजनिक भएका हुन। त्यो अंग कसले किन कस्को आदेशले घटनास्थललाई जस्ताको तस्तै उठाईएन यश तर्फ समेत अनुसन्धान केन्द्रित हुन अनुसन्धान टिमलाई सुझाव सर सल्लाह दिन चहान्छु।
अहिलेको समय जिडिटल युगको समय हो मोबाइल मृतकले गरे नगरेको उनका अभिभावक समेतबाट जानकारी लिएर त्यसतर्फ समेत अनुसन्धान हुन अनुसन्धानले संकेत गर्दछ। पोस्टमार्टन हुदा कति जना चिकित्सकको संलग्नता थियोे ? लासजाच र घटनास्थलको प्रकृति मुचुल्का गर्दाका र रोहवरमा रहेका मानिसलाई यश अनुसन्धानमा सहयोग गर्न पुनः बुझ्नु पर्ने देखिन्छ।
यसका साथै डिएनए रिपोर्ट कहाँ के कसरी गरिएको थियोे सो का वारेमा अनुसन्धान अगाडि बढनु पर्ने हुन्छ। घटना कहाँ के कसरी कुन समयमा को कसले गरेका हुन यश तर्फ टाइमिङ्गको समयको लमसम जानकारी लिएर अनुसन्धान प्रकृयाको पहिचान र विश्लेषण हुन जरुरी छ।
आवश्यकता महसुस भएमा वर्तमान अनुसन्धान टिमले तत्कालीन गृहमन्त्री , प्रहरी प्रमुखको सुझाव वा त्यस समयमा भएका कार्य प्रगति अनुसन्धान प्रगति विवरण तत्कालीन समयमा यश घटनाको वारेमा जिल्ला र अनुसन्धान टिमले पठाएको प्रगति विवरण समेतको अनुसन्धान विवरण अध्यायन अनुसन्धान गर्न जरुरी छ। घटनास्थलमा मृतकको कपडा पखाल्ने प्रहरीलाई अनुसन्धानको दायरामा ल्याउज जरुरी छ कारण कस्तो आदेशले घटनास्थल विकारिएको हो। तात्कालिक समयमा कपडा, कपी किताब जलाईएको केही कपडा पखालिएको कारणले अनुसन्धानमा प्रभाव परेको पक्कैपनि हो। यश घटनाक्रमको अनुसन्धानमा १२५ जनाको डिएनए टेष्ट गरिएको छ। भने आज सम्म ६२५ जनालाई कागज गरेर बुझ्ने काम भएको छ।
देशमा विगतमा ४ बटा नेपाल प्रहरीका महानिरीक्षक फेरिए ४ बटा गृहमन्त्री फेरिए सबैले अनुसन्धान टिम खटाए परिणाा शून्य रहेको छ। निर्मला आफ्नो साथी वविता वमको घरमा ट्युसन पढन गएको अवश्थनामा उनी अपहरणमा परिने र भोलि पल्ट विहान ऊखुवारीमा उनको लास बीभत्स अवश्थामा भेटियो। यो अनुसन्धानमा डि आई जी दुर्गा सिंह स्थानीय बासिन्दापनि भएको र पहिलापनि अनुसन्धानमा खटिएको प्रहरी हुन।
यश घटनाम सिमावर्ती ईलाकाबाट समेत हत्यारा आएर घटना घटाएको हुन सक्ने र यो अनुसन्धानमा डिएनएको मात्र अनुसन्धान केन्द्रित भएको देखिन्छ यसमा प्रमाणको भारलाई अनुसन्धान संलग्न टिमले अन्य प्रमाणजन्य प्रमाणहरू जुटाउन नसक्नुले यो अनुसन्धान जटिल छ। यसमा अपराधीसंग पुग्ने अनुसन्धानको प्रमुख पाटो भनेको घटनास्थल नै ठुलो प्रमाण हुन सक्छ।
अन्तर्राष्ट्रिय अनुसन्धान प्रविधिले यो पुष्टि गरेको छ। अपराधकर्मी हरूले घटनास्थलमा कुनै न कुनै प्रमाणपत्र छाडेर गएको हुन्छ। यो संवेदनशीलता अनुसन्धान अधिकारीको क्षमता, दक्षता र विज्ञतामा भर पर्छ। यसमा अहम प्रश्न यो छ कि अपराधीहरू जहा र जुन सुकै पहुच पावरको भएतापनि यस घटनामा स्थानीय व्यक्तिबाट नै घटना घटाउन साथ दिएको अवश्यपनि हुन्छ। यो घटना गंभीर भएको हुदा स्वदेशी तथा विदेशी र शक्तिशाली पहुच भएका पैसा भएका धनी बाबुका नैतिकताहीन केटाहरू वा नेता अथवा लाभांशको पदमा सबेका व्यक्तिको संरक्षण रहेतर्फ समेत अनुसन्धान केन्द्रीकृत हुन जरुरी छ। प्रारम्भिक अनुसन्धानमा नै त्रुटिपूर्ण देखिन्छ।
यसका अलावा।प्रहरी अनुसन्धान डिएनए परीक्षण मात्र होइन अन्य ठोष प्रमाण अभियुक्तको वयान सम्पर्क व्यक्ति यो घटनाको योजनाकार समेत तर्फ अनुसन्धान केन्द्रित हुन जरुरी छ।
नेपाल कै इतिहासमा यो अनुसन्धानमा मेन पावर,साधन श्रोत समेतको हिसाब गर्ने हो भने अति महंगो र परिणाम शुन्य अनुसन्धानको रूपमा हेरिएको छ। अनुसन्धान सफलताको सन्दर्भमा कागजमात्र तयार होइन प्रमाणजन्य बस्तु नै यसको सफलता हुन सक्छ ।
वास्तविक अनुसन्धान केन्द्रित हुँदा दिलिप सिंह बिष्टलाई अनुसन्धान पश्चात कारागारमा पठनउने र तत्कालीन प्रहरी प्रमुख दिल्ली राज बिष्ट घटनास्थलमा नगएर दारू खाएर निवासमा बस्नाले एस. पी. दिल्ली राज बिष्ट कहीँ कतै यश घटनामा दोषी भएतर्फ अनुसन्धानको अर्जुन दृष्टि जाने घटनाले संकेत दिन्छ। किन ?
किन भन्दा प्रहरीले अनुसन्धान र प्रमाणको आधार एवं अपराधीलाई पत्ता लगाउने कडी भनेको घटनास्थल हो। घटनास्थलमा रहेका प्रमाणहरूलाई प्रमाणकालागि संकलन नगरेर कपडा पखाल्ने र सवुत जलाउनुले बिष्ट- बिष्ट बिच भएको अपराधिक समन्वयात्मक रोल खेलिएको हुन सक्ने तर्फ भोजपुरी फिल्मको निर्माण र निर्माताको भूमिका त होइन भन्नेमा वर्तमान अनुसन्धान टिमको दृष्टि गोचर तर्फ अनुसन्धान केन्द्रित हुन अनुसन्धानमा संलग्न टिमलाई सुझाव दिन चहान्छु। DNA परीक्षणमा मात्र अनुसन्धान केन्द्रिकृत हुनुले यस घटनामा अर्थपुर्ण बिशेषता रहेको अनुसन्धानमाथिको थप अनुसन्धान देखिन्छ।
विगतमा भएको अनुसन्धानबाट पावर पहुचको आधारमा तत्कालीन जिल्ला प्रमुख, ४ बटा गृहमन्त्री र ४ बटा आई. जी .पी. समेतमा घटनाको जानकारी थियो र ठुला मन्त्री र पहुँचवाला स्वदेशी तथा विदेशीको संलग्नता वारे पुष्टि भएमा जति ठुलो किन नहोस अनुसन्धानमा ल्याउनु पर्छ। यसमा मन्त्री कै छोरा किन नपरून कारवाही हुनु पर्छ। अपराध गरेको जानकारी पाएर अपराध लुकाउनु पनि अपराध हो यश तर्फपनि अनुसन्धान केन्द्रित हुन जरुरी छ। फौजदारी अपराधले स्पष्ट अधिकार दिएको छ।
विगतमा संकलन भएका मिसिल कागजात र समस्त बिषयको अध्यायन र तत्कालीन समयमा भएको अनुसन्धानमन के कमजोरी रहेछन सबै केलाएर अनुसन्धान तहकिकात गरेमा घटनामा संलग्न अपराधकर्मी एक हप्ता मै पत्ता लाग्ने मेरो सुझाव सहितको निष्कर्ष रहेको छ। मिशन नेपाल केन्द्रीय अनुसन्धान व्युरो काठमाडौ!!